Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय युवा संघले देवदहका १ सय ७७ विपन्न घरपरिवारको चुलो बाल्यो

राष्ट्रिय युवा संघले देवदहका १ सय ७७ विपन्न घरपरिवारको चुलो बाल्यो

  • 2.7K
    SHARES

  • राष्ट्रिय युवा संघले देवदहका १ सय ७७ विपन्न घरपरिवारको चुलो बाल्यो

    बुटवल,जेठ २७- 

    राष्ट्रिय युवा संघले देवदहको राहत वितरण कार्यक्रम अन्तर्गत हाल सम्म १ सय ७७ घर धुरीलाई राहत वितरण भएको छ।

    देवदह नगरपालिका अन्तर्गत  ४,६,१०,११ र १२ वडाका दैनिक ज्यालादारी गरि खाने विपन्न वर्गका १ सय  ७७ घर धुरीलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको राहत वितरण समितिका संयोजक विकास गहतराजले नागरिक अनलाइनलाई जानकारी दिए ।

    कोरोना महामारीका कारण निषेधाज्ञा जारी रहदा दैनिक ज्यालादारी गरि खाने मजदुर वर्ग र अति विपन्न वर्गका परिवारलाई प्रत्यक्ष असर परेको हुँदा सहयाेग गरिएको उनले बताए  ।

    महामारीको संकटमा रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उद्धेश्यले राहत वितरण गरिएको युवा संघ नेपाल रुपन्देहीका जिल्ला सह संयोजक समेत रहेका गहतराजले बताए ।

    उनले देवदह वडा न ६ का २६, ४ का २२ , १० का २१,११ का १७ ,१२ का २५ ,९ का २८ ,७  का १२ ,५ का २६ घरपरिवार गरी  गरी  जम्मा १७७ घरपरिवारलाई राहत बितरण गरिएको जानकारी दिए  ।

    देवदहमा युवा संघद्वारा ७० परिवारलाई खाद्यान्न बितरण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology