Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना नियन्त्रणका सबै उपाय अबलम्बन गर्न लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको आग्रह

कोरोना नियन्त्रणका सबै उपाय अबलम्बन गर्न लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको आग्रह

  • 4.4K
    SHARES

  • कोरोना नियन्त्रणका सबै उपाय अबलम्बन गर्न लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको आग्रह

    बुटवल,बैसाख १४-

    लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दल नेता वीरेन्द्रप्रसाद कनौडियाले कोरोना नियन्त्रणका सबै उपाय अबलम्बन गर्न सरकारलाई आग्रह गरेका छन् । 

    कोभिडका बिरामी उपचारमा गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् । 

    मंगलबार विज्ञप्तिमार्फत नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराउँदै संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल व्यवस्थापन गर्न र सीमा नाकामा कडाइ गर्न पनि माग गरेका छन् ।

    लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा संक्रमितको संख्या बढेसँगै सीमा नाकाबाट आउनेको भरपर्दो व्यवस्थापन हुन सकेको छैन । स्वास्थ्य परीक्षण, अस्पतालहरुमा बेड, अक्सिजन, स्वास्थ्य उपकरण र जनशक्तिजस्ता अत्यावश्यक सेवा अभाव भइरहेको छ । नेता कनौडियाले संक्रमितको उपचार, अस्पताल व्यवस्थापन र कोरोना नियन्त्रणका सबै उपाय अबलम्बन गर्न पनि माग गरेका छन् ।

    पछिल्लो १० दिनमा लुम्बिनी प्रदेशका कोरोना संक्रमितको संख्या बढेको छ । अस्पतालहरुमा बिरामी भरिएपछि बेड र अक्सिजन अभाव भएको छ ।

    बढ्दो बिरामीको चाप, मृत्यु संख्या र अस्पतालहरुमा बेड र अक्सिजन अभावले लुम्बिनी प्रदेशमा स्थिति थप भयावह बन्ने सम्भावनालाई कांग्रेस संसदीय दलले गम्भीर रुपमा लिँदै तत्काल सामग्री आपूर्ति र व्यवस्थापनमा लाग्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।1.jpg2.jpg

    कांग्रेस संसदीय दलले कन्ट्र्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमितलाई लक्षित गरी पीसीआर परीक्षणका दायरा बढाउन पनि आग्रह गरेको छ ।

    प्रदेशका सबै जनतालाई खोप पुर्‍याउने गरी कार्ययोजना तयार गर्न, खोप आपूर्ति सुनिश्चित गर्ने गरी उच्च कूटनैनिक पहल गर्न, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने सरकारको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन र स्वास्थ्यकर्मीको बिमा कार्यान्वयनमा ल्याउन पनि दल नेता कनौडियाले आग्रह गरेका छन् ।

    सरकारले पछिल्लो चरण प्रदेश भर कन्ट्र्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणमा त्यत्ति चासो दिएको छैन । लक्षण देखिएका बिरामी अस्पताल पुगेपछि मात्र परीक्षण हुने गरेको छ ।

    यी खबरहरू पनि पढाैँ :-

    •  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology