कौरव खत्री/ बागलुङ,चैत्र १७।
होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ ।आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
गत चैत १३ गते देखि शुरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ नगद रु. ५५ हजार,कप मेडल सहित आयोजक घुम्टे युवा परिवार ए प्रथम स्थान हात पारेको थियो ।त्यस्तै नगद रु.३५हजार कप मेडल सहित दि प्रतिज्ञा होम डेकोरेसनले द्धितीय स्थान हासिल गरेको छ । त्यस्तै आयोजक घुम्टे युवा परिवार वि र साइकल रपिेरिङ सेन्टरले सान्त्वना ११÷११हजार नगद पुरस्कार हात पारेका छन् ।
साथै खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ गोल्डेन फ्यूचर एकेडमी गलकोट नगरपालिका ४ बागलुङ प्रथम,न्यू लाइफ बोडिङ्ग स्कुल गलकोट नगरपालिका ६ बागलुङ द्धितीय,संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ बागलुङ तृतीय भएका छन । विजेता समूहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।
खुल्ला घुम्टे कृषि मेला प्रर्दशनीमा गलकोट नगरपालिका वडा नं. ७ र ९ का २सय १४ अगुवा कृषकहरुले मौसमी तथा बेमौसमी कृषि उपजहरु सुन्तला,तरुल,अमिलो,मकै,फर्सी,अदुवा, अलैची, लगायतका उत्पादित कृषि उपजहरु प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा कृषि उपजको कृषि बाली बर्गीकरण गरेर विभिन्न विधामा मूल्याङन गरि उत्कृष्ट नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
२०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थापनाकाल देखि कृषि, खेलकुद,कला संस्कृतिको संरक्षण र विकास गदै सामाजिक कार्यमा निन्तर सक्रियताका साथ अगाडी बढिरहेको छ ।
कार्यक्रममा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले घुम्टे युवा परिवारले हालसम्म भए गरेका कामका बारेमा अवधारणा पत्र प्रस्तुत गनुभएको थियो ।सोही अवसरमा पत्रकार, कलाकार,आर्थिक सहयोगी, लगायतका विभिन्न व्यक्तिहरु दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रम घुम्टे युवा परिवार गलकोट नगरपालिका ७मल्ल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता युवा परिवारका उपाध्यक्ष जीवन साहनीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने घुम्टे युवा परिवारका सचिव सावित्रा थापा र युवा परिवारका सदस्य खिमकाजी थापाले गनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)