बुटवल भदाै २७-
रुपन्देहीमा शनिबार १२६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५१ जना महिला र ७५ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ६३० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिवार बुटवल उपमहानगरपालिकामा २५ महिला र ३२ पुरुष गरी ५७ जना संक्रमित थपिएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ४ जना र ओमसतिया गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये ८३९ जना संक्रमित निको भएका छन भने ७७६ जना उपचाररत अवस्थामा रहेका छन् भने १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)