बुटवल,भदाै २५-
लियो क्लव अफ तिलोत्तमाले कोरोना भाईरसको महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाइ खाद्यान्न तथा खाना वितरण गरेको छ । क्लवका अध्यक्ष सिद्धार्थ गुरुङ्गको जन्मदिनको अबसर पारेर ५० जनालाई खाद्यान्न वितरण गरेको र १७ गते देखी २४ गते सम्म खाना वितरण गरेको क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए ।
कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्यले सञ्चालन गरीएको कार्यक्रमको पहिलो दिन २ सय ५० जनालाई खान प्रदान गरिएको थियो भने अन्य दिनमा १ सय जनालाई खाना प्रदान गरिएको गुरुङ्गले बताए । खासगरी यस अभियानमा नमस्ते क्याफे भाटभटेनी रोडका विक्रम गुरुङ्गले विशेष सहयोग गरेका थिए ।
खानाकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्धेश्यका साथ संचालन गरीएको कार्यक्रमको समापनमा लियो क्लब ३२५ बि २ का एरिया चिफ गोविन्द बंजाडे, सेलिब्रेशन डे को डिस्ट्रक कोर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग,लियो क्लव अफ तिलोत्तमाका पूर्व अध्यक्षहरु निर्मित कसजु,सुमित श्रेष्ठ, राजन कसजु द्धितिय उपाध्यक्ष अनिल पंगेनीको उपस्थिति रहेको क्लबका सचिव सृष्टि ढकालले जानकारी दिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)