Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘गौँथली’ : शिक्षा प्राप्तिको लागि संघर्षको कथा

‘गौँथली’ : शिक्षा प्राप्तिको लागि संघर्षको कथा

  • 408
    SHARES

  • ‘गौँथली’ : शिक्षा प्राप्तिको लागि संघर्षको कथा

    बुटवल ,असार २१।

    फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । १ साउनदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मले कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द्व दर्शाउने ट्रेलर सार्वजनिक गरेको हो ।

    ट्रेलर हेर्दा यो फिल्म सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले किशोरी (सिम्रन खड्का) ले शिक्षा प्राप्तिको लागि गर्ने संघर्षको कथा भन्छ ।

    पढ्ने रहर हुँदाहुँदै परिवारले दबाबमा विवाह गराइदिएपछि उत्पन्न हुने मार्मिक कथा समेटिएको छ । फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम पीडित युवकको भूमिका निर्वाह गरेका छन् ।डा.कपिल रिजाल निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ ।

    भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ २१ २०८३०१:१५:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology