Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एलएलसी नतिजामा उत्कृष्ट अंक ल्याउने होराइजन जिविएसका बिद्यार्थीलाइ सम्मान तथा बधाई

एलएलसी नतिजामा उत्कृष्ट अंक ल्याउने होराइजन जिविएसका बिद्यार्थीलाइ सम्मान तथा बधाई

  • 1.2K
    SHARES

  • एलएलसी नतिजामा उत्कृष्ट अंक ल्याउने होराइजन जिविएसका बिद्यार्थीलाइ सम्मान तथा बधाई

    बुटवल,असार १५ ।
    तिलोत्तमा–१, ड्राइभरटोलस्थित होराइजन जिविएस स्कुलले कक्षा १२ (एसएलसी) को परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान तथा बधाई कार्यक्रम गरेको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देहीका शाखा अधिकृत कमलप्रसाद अर्याल प्रमुख अतिथि रहनुभएको थियो । 
    कार्यक्रमको प्रारम्भ विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यको स्वागत मन्तव्य र  कार्यक्रमको सञ्चालन विद्यालयका उपप्राचार्य इन्द्रप्रसाद भुसालले गर्नुभएको थियो ।att.cvJ_qy84exqbw-dmPEiraJnqfsE7sUuO0x3CJKYc2vY.jpeg
    कार्यक्रममा विज्ञान संकायतर्फ प्रथम स्थान हासिल गर्ने कृष्टी जैसवाल र मयंक भुसाल (जिपिए ३.९६), द्वितीय स्थान हासिल गर्ने प्रिया गुप्ता बनियाँ (जिपिए ३.९५) तथा तृतीय स्थान हासिल गर्ने समृद्धि पाण्डेय (जिपिए ३.९४) लाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी ३.९० वा सोभन्दा बढी जिपिए प्राप्त गर्ने ८ जना मेधावी विद्यार्थीहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। 
    यसैगरी व्यवस्थापन संकायतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने ओम बराल (जिपिए ३.८६), वर्षा न्यौपाने (जिपिए ३.८२) र कृतिक पाण्डेय (जिपिए ३.७८) लाई विशेष सम्मान गरिएको थियो। साथै ३.६० वा सोभन्दा माथि जिपिए प्राप्त गरी उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । भने ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । 
    बोर्ड परीक्षामा उत्कृष्ट नतिजा दिलाउन योगदान पुर्‍याउने मार्केटिङ तथा कम्प्युटर साइन्स विषयका शिक्षकहरू केशव खनाल, माधव अर्याल, अर्जुन अर्याल, दिपेन्द्र सापकोटा, विजय पराजुलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
    कार्यक्रममा न्यु होराइजन कलेजका क्याम्पस प्रमुख लोकनाथ उपाध्याय, न्यु होराइजन इ.बो.मा.वि.का प्राचार्य बासुदेव अर्याल, बुटवल मोडेल कलेजका प्राचार्य डा. नेत्र प्रसाद बस्याल, क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य सूर्य बहादुर राना लगायतले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमलप्रसाद अर्यालले विद्यार्थीहरूको सफलता शिक्षक, अभिभावक र विद्यालय परिवारको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठले सबैप्रति बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो  ।कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक झांकी तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आषाढ १५ २०८३११:५६:३४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology