Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा अन्तरसंवाद,विभेद अन्त्यको पहल

बुटवलमा अन्तरसंवाद,विभेद अन्त्यको पहल

  • 261
    SHARES

  • बुटवलमा अन्तरसंवाद,विभेद अन्त्यको पहल
     
    बुटवल,१३ असार । 
    बुटवल उपमहानगरपालिकाको आयोजना र रेडियो जागरण  ९३.२ मेघाहर्ज बुटवलको समन्वयमा शनिबार  विभेद विरुद्ध बुटवलमा बृहत अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
    बुटवल  उपमहानगरपालिकाका  नगर प्रमुख खेलराज पाण्डेयले कार्यक्रमको समुदघाटन गर्दै  समतामुलक समाज निर्माणका लागि आफू निर्वाचित भएसंगै  समानता, स्वाभिमान र अवसर बस्न योग्य बुटवल शहर भ मुल नारा नगरसभाबाट पास गरी लागु गरेको बताए ।IMG_5170.jpeg
    उनले स्थानीय पालिकाको पहिचानका लागि विभेदमुक्त शहर, समानताको  शहर र मानवताको  शहरमा भएको बताए । उनले  शिक्षा, आर्थिक, राजनीतिक र सामाजिक  सुधारपछि जातीय विभेदको अन्त्य गर्न सहज हुने बताए ।
    पाण्डेयले दलित समुदायको हकहित, उत्थान र संरक्षणका लागि सुनचाँदीका गरगहना बनाउने, पञ्चेबाजा बजाउने तालिमलगायत  विभिन्न  सीपमुलक तालिमहरु प्रदान गर्दै  व्यक्तिलाई आत्मनिर्भरमा जोड्ने प्रयास गरिएको बताए ।
    कार्यक्रममा सामाजिक अध्येता  रामचन्द्र  श्रेष्ठले बोल्दै स्थानीय तहमा दलित समुदायको राजनीतिक प्रतिनिधित्व भयो तर निर्णय प्रक्रियामा दलित समुदायको जनप्रतिनिधिको भूमिका बढाउनु पर्ने बताए । कार्यक्रमको सुरुवातको शेसनमा बुटवल उपमहानगरपालिकाको नीति कति समावेशी ? भन्ने विषयमा बहस भएको थियो । उक्त बहस कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा बुटवल –१५ का वडा अध्यक्ष शिव राना र अध्यापक जीवन परियार वक्ताका रुपमा रहेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार फूलु सुनारले गरेक िथिइन् ।
    त्यस्तैगरी सेशनको दोस्रो शत्रमा  दलित समुदायको संपैधानिक अधिकार र कानूनको कार्यान्वयनको अवस्थाका बारेमा  बहस चलेको थियो । उक्त बहस कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख  सन्तोष आचार्य, सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रकाश मरासिनी, इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर अक्षय  कुमार रावल, लुम्बिनी प्रदेशका पूर्व सांसद दीपा विक, अधिवक्ता गोमति सुनार वक्ताका रुपमा रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए ।
    त्यस्तैगरी कार्यक्रमको तेस्रो शेसनमा  जनप्रतिनिधिको अनुभवः सिकाई, चुनौती र अवसर विषयमा बहस चलेको थियो ।  उक्त बहस कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यम बहादुर सुनार,  कृष्ण सुनार, सुनिता खड्लुक र बसन्ती विक वक्ताका रुपमा रहेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार अम्बिका परियारले गरेकी थिइन् ।
    कार्यक्रममा सहभागीहरुले २१ औं शताब्दीमा पनि जातीय विभेदले समाजमा जरो गाडेको बताउँदै दलित समुदायले विभिन्न वहानामा विभेद भोग्न परेको गुनासो गरे । उनीहरुले संविधानमा प्रष्टरुपमा कानूनी व्यवस्था भएपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन हुन नसक्दा दलितहरु समस्यामा परेको बताए ।
    अन्तरसंवाद कार्यक्रममा  जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, बुटवल– ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल– ९ का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, रेडियो जागरणका सञ्चालक सरोज गौतम,  तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा समाजिक विकास समिति संयोजक रवि सेन्चुरी, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, दलित अगुवा पदम विश्वकर्मा, बुटवलका विभिन्न वडाका जनप्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मीलगायतको  उल्लेख्य सहभागिता रहेको थियो ।
    दुई दिनसम्म सञ्चालन हुने अन्तरसंवाद कार्यक्रम आइतबार सम्पन्न हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ १३ २०८३०८:१३:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology