बुटवल,फागुन २ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको चुनावी अभियानले तीव्रता पाएको छ।
पार्टीका उम्मेदवारहिराबहादुर खत्रीले भैरहवामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फागुन २१ गतेको निर्वाचनकालागि पार्टीले देखाएको सक्रियता र एकताप्रति आभार प्रकट गर्नुभयो ।
खत्रीले यस निर्वाचनको घडीमा विगतका केही असन्तुष्टि र फरक धारणाहरूका कारण तटस्थ बसेकामतदाताहरूलाई समेट्दै कांग्रेसले देशभर सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यो निर्वाचन केवल उम्मेदवार जिताउने मात्र नभई लोकतन्त्रलाई सुदृढ गर्ने, सुशासन प्रत्याभूत गर्ने र देशको सिङ्गोभविष्य तय गर्ने महत्वपूर्ण अवसर हो।
कार्यक्रममा बोल्दै खत्रीले क्षेत्र नम्बर १ मा पार्टीको सांगठनिक अवस्था बलियो रहेको जानकारी दिनुभयो। केन्द्रीयसदस्य अब्दुल रज्जाक र पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतका नेताहरूको सक्रियताले कार्यकर्तामा उत्साहथपिएको उहाँले बताउनुभयो। निर्वाचन परिचालन समितिमार्फत हरेक क्रियाशील सदस्यहरूलाई जिम्मेवारीबाँडफाँड गरी चुनावी अभियानलाई तीव्र बनाइएको छ ।
कार्यक्रममा पार्टीका उपसभापतिको उपस्थितिबाट थप ऊर्जा प्राप्त भएको खत्रीले उल्लेख गर्नुभयो। अन्तमा, खत्रीले आन्तरिक विमतिहरूलाई उचित व्यवस्थापन गर्दै एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्दै निर्वाचनमाकांग्रेसको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)