Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘सामाजिक सञ्जालमा एआईको गलत प्रयोग नगराैँ ’

‘सामाजिक सञ्जालमा एआईको गलत प्रयोग नगराैँ ’

  • 2.3K
    SHARES

  • ‘सामाजिक सञ्जालमा एआईको गलत प्रयोग नगराैँ ’

    बुटवल,कार्तिक २४ ।

    बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयका विद्यार्थीहरुले नमुना अदाल अभ्यास कार्यक्रम गरेर सामाजिक सञ्जाल मार्फत कसैकोपनि चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

    अक्सफोर्ड माविको कक्षा–८ मा अध्ययनरत विद्यार्थीहरुले सामाजिक सञ्जालको गलत प्रयोगले भविष्यमा नित्याउने साइबर अपराध र कानुनी समस्याका बारेमा सोमबार नमुना अदालत अभ्यास कार्यक्रम गरेर सचेत गराएका हुन् ।

    कार्यक्रममा उनीहरुले  सामाजिक संजालमा कृतिम बुद्धिमता (एआई) को प्रयोग गरि ब्यक्तीको चरित्र हत्या हुने खालका गतिविधि पोष्ट गरेमा साइबर अपराध अनुसार भोग्नु पर्ने कसुर, सजायका बारेमा बादी प्रतिवादीकातर्फबाट बहस गर्दै कसैको पनि चरित्र हत्या गर्न नहुने सन्देश दिएका हुन् ।

    विद्यालयको कक्षा–८ का विद्यार्थी खुस्बु पाण्डे र सुप्रिया अर्यालले न्यायधिसको भुमिका निभाउनु भएको नमुना अदाल अभ्यास कार्यक्रममा सामाजिक सञ्जालमा गलत गतिविधि पोष्ट गरेका विषयको कानुनी उपचारका विषयमा विद्यार्थी प्रज्वलले बादी र सार्थक न्यौपानेले प्रतिवादीकोतर्फबाट बहस गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसालले सामाजिक सञ्जालमा एआईको गलत प्रयोग र त्यसले नित्याएको समस्यालाई ध्यानमा राखेर नमुना अदालत कार्यक्रम मार्फत विद्यार्थीहरुलाई कानुनी चेतनाका बारेमा सचेत बनाइएको बताउनुभयो । उहाँले स्कुल अवस्थादेखिनै विद्यार्थीलाई सकारात्मक आचरण र संस्कारको विकास गराउनु आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीलाई सिद्धान्तिक र ब्यवहारीक ज्ञानसँगै अदालती प्रकृयाका बारेमा पनि सचेत बनाएको बताउनुभयो ।

    विद्यालयका शिक्षक कपिल ढकाललको संचालन तथा कानुन विषयका विद्यार्थी सिद्धार्थ कंडेल टिमको संयोजनमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाललगायतले विद्यार्थीलाई सानै उमेरमा सहि र गलत विषयमा सचेत पार्नु पर्ने बताउनुभयो । विद्यालयले विद्यार्थीको चौतर्फी विकासकालागि नमुना संसद, युएन, नगरसभालगायतका कार्यक्रमहरु गर्दै आएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology