Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढीपहिरोमा परेर कोशीमा ४४ जनाको मृत्यु, इलामका मात्रै ३७ जना

बाढीपहिरोमा परेर कोशीमा ४४ जनाको मृत्यु, इलामका मात्रै ३७ जना

  • 855
    SHARES

  • बाढीपहिरोमा परेर कोशीमा ४४ जनाको मृत्यु, इलामका मात्रै ३७ जना

    काठमाडौँ,असोज २०।

    अविरल वर्षासँगै गएको बाढी र पहिरोले कोशी प्रदेशमा ठूलो क्षति पुर्‍याएको छ । पछिल्लो विवरण अनुसार प्रदेशभरि ४४ जनाको मृत्यु भएको छ । 

    विपद् प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरीका अनुसार पहिरो र बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको हो । यसमध्ये सबैभन्दा बढी इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । पाँचथरमा २, मोरङमा १ , सुनसरीमा १, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको छ ।

    पहिरोले कोशी प्रदेशका विभिन्न ५ वटा स्थानमा सडक अवरुद्ध भएका छन् । उदयपुरको कटारीमा रहेको सिद्धिचरण लोकमार्गका तीन ठाउँमा पहिरोले बाटो बन्द छ । 

    यसैगरी, इलामको इलाम ९ स्थित मेची राजमार्ग पनि एक ठाउँमा अवरुद्ध छ भने धनकुटाको तमोर करिडोर पनि एक ठाउँमा बन्द भएको छ। कोशी नदीमा पानीको बहाब केही घटे पनि अझै उच्च छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology