बुटवल, असोज १७ ।
दशैँको टीकाको दोस्रो दिन शुक्रबारसमेत बिहानैदेखि टीका लगाउनेको चहलपहल बढेको छ । विजय दशमीकादिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएपछि आजपनि आफन्तकोमा टीका लगाउन जानेको भीडभाड बढेको छ ।
दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजाआराधनागरिएको प्रसाद बिहीबार लगाएपछि आज अन्य मान्यजनकोमा जाने प्रचलन छ । घटस्थापनाका दिन स्थापनागरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीकोप्रसादस्वरुप टीका, जमरा थापेर मनाइएको हो । बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाकाअवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)