बुटवल,माघ १९-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि सोमबार (आज )बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।
कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।
कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)