काठमाडौं ,भदौ १९ ।
नेपाल सरकारले फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गर्ने निर्णय गरेको छ।
सञ्चार मन्त्रालयमा बसेको विभागीय मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सूचीकरणका लागि नआएका प्ल्याटफर्मलाई नेपालभरि नचल्ने गरी रोक लगाउन लागिएको हो ।
त्यस्तै बन्द गरिने सञ्जालहरू सूचीकृत गरिएको खण्डमा पुनस् खोलिने पनि सरकारले जनाएको छ । ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
सूचीकृत भएका पाँच सञ्जाल, जुन निरन्तर चल्नेछन् :
–टिकटक
–भाइबर
–निम्बज
–वीटक
–पोपोलाइभ
यी सञ्जाल, बन्द हुनेछन् :
–फेसबुक
–म्यासेन्जर
–इन्स्टाग्राम
–युट्युब
–ह्वाट्सएप
–ट्वीटर ९एक्स०
–लिंक्ड इन
–स्न्याप च्याट
–रेडिट
–डिस्कर्ड
–पिन्ट्रेस्ट
–सिग्नल
–थ्रेड
–वी च्याट
–कोरा
–सम्ब्लर
–क्लब हाउस
–मास्टो डन
–रम्बल
–मि वी
–मि भिके
–लाइन
–इमो
–जालो
–सोल
–हाम्रो पात्रो
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)