Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र

प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र

  • 1.9K
    SHARES

  • प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र

    बुटवल,भदाै १७ ।

    बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा सो मेला संचालन हुने भएको हो । 

    आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षकको रुपमा रहने बताए ।

    साथै मेलामा विष्णुमतिको मन्दिरको दर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुने बताए ।  क्लब स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै अध्यक्ष भण्डारीले सामाजिक कार्य गर्नका लागि नै मेलाको आयोजना गरिएको बताए । अहिलेसम्म २०० स्टल बुक भइसकेको र केही स्टल थप गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।

    मेलाको अवलोकलनका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको सचिव शंकर काफ्ले बताए । साथै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपियाँ एवं ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र असक्त तथा अपाङ्गहरुलाई प्रवेश शुल्क नलाग्ने बताए ।

    मेलामा स्थानीय तथा राष्टिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताए । प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको सहआयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology