Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

गायीका दुर्गा नेपाल जसले हरेक बर्ष ल्याउछिन् तीजमा कोशेली (भिडियो)

गायीका दुर्गा नेपाल जसले हरेक बर्ष ल्याउछिन् तीजमा कोशेली (भिडियो)

  • 2.4K
    SHARES

  • गायीका दुर्गा नेपाल जसले हरेक बर्ष ल्याउछिन् तीजमा कोशेली (भिडियो)

    बुटवल,साउन १७ ।

    लोक दोहोरी गायिका दुर्गा क्षेत्री नेपालले यसबर्षपनि तीजको कोशेली बजारमा ल्याएकी छिन् । विगतका बर्षहरुमा पनि लोक दोहोरीगीतसंगै तिज गित समेत बजारमा ल्याएकी नेपालले यो बर्ष तीज गीत “रे रे रे रे”ल्याइकी हुन् ।

    बिशाल शोनीको शब्द र लय, दुर्गा क्षेत्री नेपालको स्वर, निरेन श्रेष्ठको कला निर्देशन र बिशाल शोनी तथा अंकिता नेपालको आकर्षक अभिनय यस गीतका रहेको छ ।

    तीजको सांस्कृतिक र भावनात्मक पक्षलाई समेट्दै बनाइएको “रे रे रे रे” ले महिलाको उत्साह, युवापुस्तामा उमंग र मायापिरतीको संगम प्रस्तुत गरिएको छ । गीतमा समेटिएको नारी जीवनको चमक, पर्वको चटारो र मायालु भावनाले दर्शकलाई भावनात्मक रुपमा छुने गरेको प्रतिक्रिया आइरहेका छन् ।

    गायिका दुर्गा क्षेत्री नेपाल यसअघि पनि चर्चित तीज र पन्चेबाजामा आधारित गीतहरू मार्फत दर्शकको मन जित्दै आएकी छिन् ।

    उनका जुग जाने पिरती, बटौली सहर, माइती घरको आगनी जस्ता गीतले लाखौंको मन जितेका गित हुन् । संगीतप्रतिको उनको लगाव, निरन्तरता र मौलिकता नै उनी आजको पुस्ताको लागि प्रेरणादायी बनेकी छिन् । गायनमा मात्र होइन, कला संस्कृतिको जगेर्ना र प्रवद्र्धनमा पनि सक्रिय रहिआएकी क्षेत्रीले उक्त गीतको माध्यमबाट समकालीन तीज गीतहरूमा फरक र नयॉ स्वाद ल्याएको बताएकी छन् ।

    अर्घाखाँची जिल्लाबाट उदाएर बुटवलमा गीत संगीत क्षेत्रमा संघर्ष गर्दै आएकी, राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेकी छन् । उनले अघिल्ला बर्षहरुमा ‘पिपलु र बर बरिलै’ कति राम्री’ तीज गीत सार्वजनिक गरेकी थिईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology