Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

कान्ति माध्यमिक विद्यालयको अध्यक्षमा ओझा सर्वसहमत

कान्ति माध्यमिक विद्यालयको अध्यक्षमा ओझा सर्वसहमत

  • 2.4K
    SHARES

  • कान्ति माध्यमिक विद्यालयको अध्यक्षमा ओझा सर्वसहमत

    बुटवल,असार ३१ ।

    कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जीवन प्रसाद ओझा सर्वसहमतबाट  निर्वाचित हुनुभएको छ । समितिमा ९ जना रहने ब्यवस्था छ।

    गत असार २२ गते भएको निर्वाचनबाट सदस्यमा रामकृष्ण शर्मा बिजयी भएका थिए । सदस्यमा मित्र गिरी,महिला तर्फ कमला पन्थीले ,महिला सदस्यमा संगीता पोखरेल गरि चार जना निर्वाचित भएका थिए ।

    समिति सदस्यमा संगिता अधिकारीलाइ मनोनित गरिएको छ । समितिमा वडाध्यक्ष ,१ जना शिक्षक  प्रतिनिधि ,सदस्य सचिव प्रधानाध्यापक गरि ९ जना रहन्छन् ।

    ३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।

    kanti.jpg

    दुइ दशकदेखि एमालेको ‘कब्जा’मा रहेको कान्तिमा बाहेकको गठबन्धन बिजयी हुनुको सन्देश के हो ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology