Logo बिहिवार, आश्विन १ गते २०८३
images

माघ १५ देखि बुटवलमा राष्ट्रिय अण्डर १८ टेबल टेनिस, ८० खेलाडी सहभागी हुने 

माघ १५ देखि बुटवलमा राष्ट्रिय अण्डर १८ टेबल टेनिस, ८० खेलाडी सहभागी हुने 

  • 2.1K
    SHARES

  • माघ १५ देखि बुटवलमा राष्ट्रिय अण्डर १८ टेबल टेनिस, ८० खेलाडी सहभागी हुने 

    बुटवल,माघ १३ ।

    रुपन्देहीमा तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ हुने भएको छ ।

    टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा माघ १५ र १६ गते दुई दिन प्रतियोगिता हुने भएको हो । 


    मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको विभिन्न उपसमिति गठन गरि तयारी तिब्र भईरहेको अध्यक्ष सुरेन्द्र कुमार शाक्यले बताउनुभयो ।

    देविनगर ओलिपथस्थित कोर्टमा हुने प्रतियोगितामा करीब ८० जना खेलाडी सहभागी हुने उहाले बताउनुभयो । छात्र र छात्रा गरि दुई विद्यामा हुने खेलमा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५-५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो ।


    संघका उपाध्यक्ष नर बहादुर क्षेत्रीले प्रतियोगिता आयोजनाका लागि २ लाख ५० हजार अनुमानित खर्च रहेकोमा बुटवल उपमहानगरपालिकाबाट १ लाख रुपैया सहयोग हुने उहाले बताउनुभयो ।

    कार्यक्रममा संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, सचिव महेश खनालले खेल गतिविधि आयोजनासंगै प्रचारप्रसार महत्त्वपूर्ण हुने भन्दै मिडिया क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology