Logo बिहिवार, आश्विन १ गते २०८३
images

गणतन्त्र नक्कलीले होईन सक्कलीले मात्रै बचाउँन सक्छ : सोमप्रसाद पाण्डेय

गणतन्त्र नक्कलीले होईन सक्कलीले मात्रै बचाउँन सक्छ : सोमप्रसाद पाण्डेय

  • 2.5K
    SHARES

  • गणतन्त्र नक्कलीले होईन सक्कलीले मात्रै बचाउँन सक्छ :  सोमप्रसाद पाण्डेय

    बुटवल,बैशाख १३ ।

    नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एवम पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् ।

    उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए।

    नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले यस्तो बताएका हुन । 

    आफूहरुले ठूलो संघर्ष र त्यागबाट गणतन्त्र ल्याएको बताउँदै नक्कली गणतन्त्रवादीहरुकै कारण राजतन्त्रको चर्चा भइरहेको आरोप लगाए। पूर्वमन्त्री पाण्डेयले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अगुवाईमा गणतन्त्र प्राप्त भएको बताउँदै जोगाउने दायित्व पनि समाजवादीसँगै रहेको बताए ।chief-minister.jpg

    ‘६२-६३ सालको जनआन्दोलनपछि गणतन्त्र ल्याउन स्व. गिरिजा प्रसाद कोईराला, माधव कुमार नेपाल र प्रचण्डविच मात्रै सम्झौता भएको हो’ उनले भने –‘हस्ताक्षरकर्ताको नाताले पनि गणतन्त्रप्रतीको माया हाम्रो पार्टीलाई छ ।’

    उनले वर्तमान सरकारकै कारण मुलुकमा निराशा बढेको समेत बताए ।

    जनतामा सरकारले उत्साहभन्दा निराशा बढाउने काम गरेकै कारण राजतन्त्रवादीहरु सक्रिय भएको उनको भनाई छ ।  

    उनले राजावादीहरुको सक्रियता हुनुमा सरकार नै जिम्मेवार रहेको बताए । अहिले मुलुकमा देखिएको कुशासन, भ्रष्टाचारको अन्त्यका लागि अब आफूहरु आन्दोलनको तयारीमा रहेको समेत बताए ।

    संविधानमा लेखिए अनुसार समाजवादी जाने स्पष्ट कार्यक्रम आफूहरुले मात्रै ल्याउने उनको दावी छ । पाण्डेयले मुकुलमा देखिएको भ्रष्टाचारको अन्त्य गरी रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी कार्यक्रम महाधिवेशनले पारित गरेको बताउँदै पार्टी निर्माणमा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दए ।उनले अहिले कुनै पनि पार्टीसँग एकता नहुने समेत स्पष्ट पारे ।

    कम्यूनिष्ट पार्टीहरुविच एकता आवश्यक रहेपनि एमालेसँग अहिलेको अवस्थामा एकता सम्भव नै नरहेको बताए ।अधिवेशनको उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य भगवती अधिकारी, रुपन्देहीका अध्यक्ष हिराध्वज शाह, नेकपा एमाले नगर कमिटि अध्यक्ष शोभाखर पोख्रेल, नेपाली काँग्रेस बुटवलउपमहानगरका कार्यवाहक सभापती ज्योती भण्डारी, नेकपा माओवादी केन्द्रका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल, नेकपा बुटवल नगर सचिव  विष्णु बेल्बासे लगायतले बोल्दै अधिवेशन सफलताको शुभकामना दिए ।

    अधिवेशन अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रुक्माङगत घिमिरेको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology