Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण 

रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण 

  • 2.7K
    SHARES

  • रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा ट्र्याकसुट वितरण 

    बुटवल,माघ ९- 

    रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सद्वारा गरिब बिपन्न विद्यार्थीलाइ ट्र्याक सुट वितरण  गरेको छ । 

    देवदह  नगरपालिका वडा नं १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा बिपन्न विद्यार्थी भाईबहिनीहरुका लागि ट्र्याक सुट वितरण कार्यक्रम गरेको हाे । 

    कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका कार्यभाग अध्यक्ष मुक्तिराम भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्षद्वयले आफूभन्दा कम भाग्यमानी विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू लगायत आफ्नो क्लब अत्यन्तै खुसी भएको कुरा व्यक्त गर्नु भएकोे थियो ।

    विगतका दिनहरुमा पनि उक्त स्कुलमा अध्यक्षद्वय  बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारी लगायत उहाँहरुको टिमले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको थियो ।b.jpg

    कार्यक्रममा प्रमुख अथिति सिता माध्यमिक विद्यालयका प्राचार्य महेश थैव , विशिष्ट अथितिमा क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायत अतिथिहरु रहनुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि थैवले रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सलाई आभार ब्यक्त गर्दै क्लबको उत्तउत्तोर प्रगतीको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमका बिशिस्ट अतिथी भण्डारीले शैक्षिक उन्ययन गर्न पाउँदा हर्सबिभोर रहेको बताउदै रोटरी र रोट्र्याक्टले मानवसेवा गरिराख्ने बताउनुभएको थियो ।

    रोट्र्याक्ट क्लब लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष मुक्ति भण्डारीको स्वागत मन्तव्य तथा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित अध्यक्ष सुमन बस्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै गरी कार्यक्रम संचालक रोटरी क्लब अफ लुम्बिनी स्टार्सका निर्वाचित सचिव प्रकाश खरेलको संचालकमा सम्पन्न भएको थियो ।

    acc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, माघ ९ २०७७०७:५१:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology