बुटवल,माघ ९-
नेपालमा आज थप ३०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४५ जनाको गरिएको पीसीआर परीक्षणमा ३०२ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ४८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ३ सय ४८ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म मृत्यु हुनेको संख्या १९८६ रहेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ११२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ९०, भक्तपुरमा ९ र ललितपुरमा १३ जना संक्रमित थपिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)