Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अक्सफोर्डका विद्यार्थीद्वारा असहायलाई सहयोग

अक्सफोर्डका विद्यार्थीद्वारा असहायलाई सहयोग

  • 3.8K
    SHARES

  • अक्सफोर्डका विद्यार्थीद्वारा असहायलाई सहयोग

    बुटवल, ८ माघ ।

    बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले मानव सेवा आश्रममा आवश्यक सामाग्री सहयोग गरेका छन् ।

    अक्सफोर्ड माविको कक्षा ११ र १२ विहानी समुहमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकमले खरिद गरेका आवश्यक सामाग्री आश्रममा आश्रित असहायहरुका लागि सहयोग गरेका हुन् ।

    विद्यालयका शिक्षक यशु भुषाल तथा विद्यार्थी पुजा क्षेत्री र अन्जु रसाईलीको नेतृत्वमा गएको टोलीले आश्रममा रहेका असहायहरुलाई दश हजारबढीका सामाग्री खरीद गरि आश्रमलाई प्रदान गरेका हुन् ।

    विद्यार्थीहरुले आश्रममा ढाई दर्जन किचन सुज, आधा दर्जन पन्जा, एक÷एक दर्जन विस्कुट र साबुन, आधादर्जन÷ आधादर्जन काईयो, पछ्यौरी, फिनेल, रुम फ्रेशनर, एक प्याकेट मास्क लगायतका सामाग्री सहयोग गरिएको शिक्षक यशु भुषालले जानकारी दिनुभयो ।

    विद्यार्थीलाई सामजिक घुलनमिलन गराउन र सामाजिक उत्तरदायित्व बहन गराउनका लागि आश्रम सहयोग कार्यक्रम गरिएको भुषालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ ८ २०७७०५:४१:४९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology