Logo बिहिवार, आश्विन १ गते २०८३
images

नयाँ पुस्ता सहयोग समाजद्वारा न्यानो कपडा र खाद्यान्न वितरण

नयाँ पुस्ता सहयोग समाजद्वारा न्यानो कपडा र खाद्यान्न वितरण

  • 3.6K
    SHARES

  • नयाँ पुस्ता सहयोग समाजद्वारा न्यानो कपडा र खाद्यान्न वितरण

    बुटवल,माघ २ - 

    नयाँ पुस्ता सहयोग समाज रुपन्देहीद्वारा बुटवल ११ नयाँ सृजनानगरमा कपडा र खाद्यान्न वितरण भएकाे छ ।

    एक कार्यक्रमको आयोजना गरि विपन्न ४ घरपरिवारलाईसिरक डसना सिरानी, स्विटर, न्याना कपडा साथै दाल, चामल, नुन तेल तरकारी लगायतका राहत सामग्री वितरण गरिएको हाे।

    संस्थाका अध्यक्ष लिलाधर बस्यालको अध्यक्षता, सृजनानगर बस्ती व्यवस्थापन समितिका अध्यक्ष गणेश पोख्रेलको प्रमुख आतिथ्यता, सामाजिक क्रियाकलापमा अग्रसर युवा भेषराज पोख्रेल र सामाजिक व्यक्तित्व चेतमाया जि सि को आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रममा ३२ जनाको उपस्थिति रहेको थियो ।

     ती घर परिवार बस्तीमै अति विपन्न रहेकाले उपयुक्त स्थान छनौट गरेकोमा प्रमुख अतिथि गणेश पोख्रेलले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै १६ बर्ष देखि २५ भित्रका विद्यार्थीहरुले स्थापना गरेको नयाँ पुस्ता सहयोग समाजमा आवद्ध युवाहरूले आफुले खाजा खाने रकमको केही अंश बचत गरि सामाजिक कार्यमा खर्च गरेको अत्यन्तै सराहनीय र पुण्य कर्म भएको कार्यक्रमका अतिथी भेषराज पोख्रेलको भनाइ रहेको थियो ।

     कार्यक्रमकै अतिथि चेतमाया जि सिले पछिल्ला पिढीका युवाहरू यसरी सहयोग र सद्भावमा लागेको देख्दा खुशी व्यक्त गर्दै संस्थाले गरेको काममा आवस्यक पर्दा सहयोग गर्न तत्पर रहेको  बताउनु भयो ।

    नंया पुस्ता सहयोग समाज स्थापना भएको एक बर्षभित्र समाजले करिब १५ वटा सामाजिक काम गरिसकेको र यसमा नितान्त विद्यार्थीका हकहित सङ्गै सामाजिक काम गर्ने उद्देश्य रहेको संस्थाका अध्यक्ष लिलाधर बस्यलले बताए, किसन ज्ञवालीको स्वागत मन्तव्य, मन्जु पौडेलको धन्यवाद मन्तव्यमा सप्पन्न सो  कार्यक्रमको संचालन सह कोषाध्यक्ष महेश ज्ञवालीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, माघ २ २०७७०७:१९:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology