Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक,१६ टीम मैदानमा भिड्ने

मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक,१६ टीम मैदानमा भिड्ने

  • 3.6K
    SHARES

  • मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक,१६ टीम मैदानमा भिड्ने

    बुटवल,माघ १ -

    रुपन्देहीको मणिग्राममा हुने मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक भएको छ ।

     ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता –२०७७’ गर्दैछ ।

    फुटसल प्रतियोगितामा सहभागि हुनका लागि २१ वटा मिडियाले नामावली पठाएको भएपनि बिभिन्न मापदण्ड नपुगेपछि ५ वटा टीमको नाम दर्ता नगरि फिर्ता पठाइएको संयोजक यमलाल भुसालले बताए ।  सबै प्रकृया पुगेका १६ टीमले माघ ३ गतेको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

    futsal.jpg

    प्रतियोगितालाई टेन स्टिल प्रालिले मुख्य प्रायोजन गरेको ग्रुपका प्रबन्ध निर्देशक गौतम भूसालले बताए । प्रतियोगिता सबै तयारी पुरा भएको उनले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    प्रतियोगिताको उपाधि विजेतालाइ नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ  । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख खर्च हुने अनुमान गरिएको छ ।

    प्रतियोगिता कार्यक्रम संयोजक डिबी सुस्लिङले प्रतियोगितामा मिडिया हाउसका पत्रकारहरुको टिमको सहभागिता रहेको बताए । 

    ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्वसहित रचनात्मक कार्यक्रम बोकेर अघि बढेको बताए।

     

    याे पनि :-

    रूपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology