बुटवल,भदौ ६ ।
रूपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २० औँ वार्षिक उत्सवको उपलक्ष्यमा संघले रक्तसंचार केन्द्र बुटवलमा गरेको रक्तदानमा ४५ युनिट रगत संकलन भएको अध्यक्ष कमल पोखरेलले बताउनुभयो ।
तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन हिजो नन्दिनी गौशालामा गौआहार तथा खाद्यान्न फलफूल वितरण कार्यक्रम, र तेस्रो दिन भोली प्रभाकर क्याटरिङमा तीज मिलन कार्यक्रम गरिने छ ।
अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष बलराम पौडेलको स्वागत तथा सचिव केशव कडेंलको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाल नियमित रक्तदाता संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले संस्थाले गरेको सामाजिक काम स्रहानिय रहेको बताउनुभयो ।
उहाँले अबका दिनमा सामुहिकरुपमा कार्यक्रम गर्न सुझाव दिनुभयो ।कार्यक्रममा रक्तदाताहरुलाइ प्रमाणपत्र प्रदान गरिएको कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)