Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा छुरा प्रहारबाट घाइते युवा संघका नेता रविको मृत्यु

बुटवलमा छुरा प्रहारबाट घाइते युवा संघका नेता रविको मृत्यु

  • 1.4K
    SHARES

  • बुटवलमा छुरा प्रहारबाट घाइते युवा संघका नेता रविको मृत्यु

    बुटवल,असार १९ ।

    बुटवलमा छुरा प्रहारबाट घाइते युवाको मृत्यु भएको छ । कालिका पथस्थित मोन्टोना रेष्टुरेन्टमा कार्यरत बुटवल-७ निवासी युवा रवि थापाको उपचारको क्रममा मंगलबारमृत्यु भएको हो । मृतक थापा युवा संघका सदस्य हुन् । गत जेष्ठ २ गते मध्यराती रेष्टुरेन्टमा आएका युवाहरुको समुहले थापामाथि छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएको ४८ सौं दिनमा थापाको मृत्यु भएको हो ।

    घटना भएको ४९ दिन बितिसक्दा पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिन नसकेको भन्दै मृतकका आफन्तले गुनासो गरेका छन् । रेष्टुरेन्टमा रहेको सीसी टिभी फुटेजमा घटना संलग्न भएका व्यक्तिहरुको बारे खुले पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पाण्डितले घटनामा संलग्नहरुको खोजी कार्य भैरहेको बताए । उनका अनुसार सीसी टिभी फुटेजका आधारमा अनुसन्धान गर्दा बुटवल मैनाबगरका कुसमन कार्की र बुटवल देवीनगरका किशोर कार्कीले छुरा प्रहार गरेको देखिन्छ । छुरा प्रहार गर्नेहरुको पहिचान खुलेपनि उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको पण्डितले बताए ।

    घटना भएको लामो समयसम्म पनि प्रहरीले अपराधीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै राष्ट्रिय युवा संघ रुपन्देहीले प्रहरीको ध्यानाकर्षण गराएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कारबाहीको माग गरेको छ । संघका रुपन्देही अध्यक्ष बिकास बस्नेतले घटनाको अनुसन्धानमा प्रहरीले बेवास्ता गरे आफूहरु जस्तोसकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology