Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस युवा नेता रञ्जित कर्णसहितले उद्यमशील अभियान चलाउने

कांग्रेस युवा नेता रञ्जित कर्णसहितले उद्यमशील अभियान चलाउने

  • 1.5K
    SHARES

  • कांग्रेस युवा नेता रञ्जित कर्णसहितले उद्यमशील अभियान चलाउने

    काठमाडौं, चैत २३ ।

    नेपाली कांग्रेसका  युवा नेता रञ्जित कर्णसहितले उद्यमशील अभियान चलाउने भएका छन्। यस अभियानबारे सभापति शेरबहादुर देउवालाई निवास बूढानीलकण्ठमा शुक्रबार भेटेर जानकारी गराइएको कर्णले बताए।

    फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकमा कर्णसहितले सुशासनका लागि उद्यमशीलता र विकासका लागि राजनीतिका लागि उद्यमशील अभियान सञ्चालन गर्ने सङ्कल्प पेस गरेका थिए।

    ‘सोही अभियानलाई कांग्रेसको आधिकारिक अभियानका रूपमा देशभरि अगाडि बढाउन आज हामीले सभापति शेरबहादुर देउवासँग परामर्श गर्दै अनुमति लिएका छौं,’ संयोजक कर्णले भने।

    सभापति देउवाले यो अभियान राम्रो भएकोले देशैभरि लैजान आग्रह गरेको संयोजक कर्णले बताए।उनले अभियानमा सामेल हुन उद्यमशीललाई आह्वान पनि गरेका छन्।

    यस अभियानमा योगराज कँडेल, राजेन्द्र तिवारी, मन्दीप सुवेदी, दीपक पाण्डे, लिलावल्लभ दाहाल, खगेन्द्र आचार्य, विनिता खड्का, उत्तम सुवेदी, विनोद पण्डित र विनिता परियारलगायत छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology