Logo बिहिवार, श्रावण १४ गते २०८३
images

भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो लाग्दैन : कानुन मन्त्री धनराज गुरुङ

भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो लाग्दैन : कानुन मन्त्री धनराज गुरुङ

  • 1.2K
    SHARES

  • भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो लाग्दैन : कानुन मन्त्री धनराज गुरुङ

    पाल्पा, फागुन १९ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।   

    तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनमा सुरु भएको प्रथम तानसेन कृषि, व्यापार, तथा पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले सबै एकजुट भएर जनताको पक्षमा काम गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानविन गरी भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो नलाग्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि आश्रममा बस्नुभयो, उहाँको अनुयायी म पनि हुँ, त्यसैले म मन्त्री बनेर फेरि झुपडीमा बस्न तयार छु ।’

    आफू हिजो झुपडीमा जन्मेको र भोलि पनि सडकमा आउन कुनै डर नभएको भन्दै उहाँले भ्रष्टाचार अन्त गर्ने अभियानमा आफू रहेको बताउनुभयो । उहाँले हिजो केही नभएका नेताहरू सिंहदरबार छिरेपछि भ्रष्टाचारमा मुछिने र नचिन्नेगरी मोटाउने गरेको टिप्पणी गर्नुभयो ।  सरकार अहिले भ्रष्टाचारीलाई कारबाही नगरे देश सुध्रिन नसक्ने उल्लेख गर्नुहुँदै भ्रष्टाचार अभियानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आफू मन्त्री परिषद्को एक सदस्यको हैसियतले भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।  

    उहाँले पाल्पाको विकासका लागि सिद्धार्थ राजमार्गको डेडिकेटेड सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा र लुम्विनी आउने पर्यटकलाई पाल्पासम्म आउने वातावरण बनाउन सकियो भने पाल्पाको विकासले फड्को मार्ने बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology