Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

  • 1.1K
    SHARES

  • क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौँ,पुस १० । 

    प्रधानमन्त्री प्रचण्डले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’

    अब शीर्ष बैठकहरु सत्ताको वितरण गर्न नभई विश्व विद्यालयहरु सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्ने पनि उनले बताए । 

    त्रिविको दीक्षान्त समारोहमा अब विश्व विद्यालयहरुमा राजनीति भागबण्डा नहुने भनेर घोषणा गरिसकेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । सञ्चारको कुनै पनि कुनामा रहेका नेपालीले विश्वविद्यालय सुधारका लागि उपकुलपतिमा दाबी गर्न सक्ने उनको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology