Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

न्यू होराईजनमा जिल्ला स्तरिय छात्र भलिवल प्रतियोगिता शुरु,आज ४ खेल सम्पन्न

न्यू होराईजनमा जिल्ला स्तरिय छात्र भलिवल प्रतियोगिता शुरु,आज ४ खेल सम्पन्न

  • 1.4K
    SHARES

  • न्यू होराईजनमा जिल्ला स्तरिय छात्र भलिवल प्रतियोगिता शुरु,आज ४ खेल सम्पन्न

    बुटवल, पुस ८ ।

    न्यू होराईजन स्पोट्स क्लवको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिवल प्रतियोगिता शुरु भएको छ  । रुपन्देहीका १३ बिद्यालयको सहभागिता रहेको प्रतियोगिताको भलिवल संघ लुम्बिनीका उपाध्यक्ष योग गुरुङले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै गुरुङले खेलले सबैलाइ अनुशासनमा बाध्ने भन्दै खेलकुद गतिबिधि बढाउदै लैजानुपर्ने बताउनुभयो ।

    सो अवसरमा संरक्षक तथा न्यू होराईजन संस्थाका प्राचार्य लोकनाथ उपाध्याय ,भलिवल संघ रुपन्देहीका सुरेन्द्र शाक्य , सह प्रायोजक  रोटरी इ क्लव अफ हाइब्रिड नेपाल अध्यक्ष अप्सरा नेपाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्नुभएको थियो ।

    १० गतेसम्म चल्ने सो प्रतियोगितामा सहभागि टीमका खेलाडीहरुको लागि दुर्घटना विमा समेत गरिएको कार्यक्रम संयोजक कपिल आचार्यले बताउनुभयो ।आजको उद्घाटन खेल न्यु होराइजन र बुद्ध पब्लिक देवदहबिचमा भएको थियनो जस्मा २–० न्यु होराइजन बिजयी भएको छ ।

    त्यस्तैगरि आजको दोस्रो खेलमा कालिका मानवज्ञान र सेन्ट जोसेफ भलबारीका बिचमा भएको खेलमा सोझो सेटमा कालिका बिजयी भएको छ । त्यस्तै तेस्रोे खेलमा कान्ति र होराइजन गौतमबुद्धबिच भएको प्रतिस्प्रर्धामा होराइजन जिबिएस २–१ ले बिजयी भएको  छ भने आजको अन्तिम खेलमा मणिमुकुन्द बिजयी भएको छ ।

    मणिमुकुन्दले एभरेष्टलाइ सोझो सेटमै पराजित गरेको संयोजक आचार्यले बताउनुभयो ।भोलि ७ वटा टीम बिच प्रतिस्प्रधा हुनेछ ।प्रतियोगीतामा प्रथम हुने टिमले ३५ हजार नगद , द्धितिय  टिमले २५ हजार, तृतियले १५ हजार र सान्तव्ना  टिमले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    mantri safat.jpg

    खेल  बुटवलको कालिका नगर होराईजन चोकमा रहेको  न्यू होराईजन  ईग्लिस बोडीङ्ग स्कुलमा  भएको छ ।न्यु होराईजन स्पोष्ट्स क्लवले एक बर्ष विराएर छात्रा भलिवल, छात्र भलिवल प्रतियोगीता आयोजना गर्दैै आएको क्लवका अध्यक्ष प्रकाश खनालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology