Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मिडिया कप फुटबलको उपाधी देवदह प्रेस क्लवलाइ,उपबिजेता बुद्ध टेलिभिजन

मिडिया कप फुटबलको उपाधी देवदह प्रेस क्लवलाइ,उपबिजेता बुद्ध टेलिभिजन

  • 3.2K
    SHARES

  • मिडिया कप फुटबलको उपाधी देवदह प्रेस क्लवलाइ,उपबिजेता बुद्ध टेलिभिजन

    बुटवल,मंसिर १७ ।

    रुपन्देहीको देवदहमा संचालित प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिताको उपाधी देवदह प्रेस क्लबले जितेको छ। फाईनल खेलमा बुद्ध सामुदायिक टेलिभिजनलाई हराउदै देवदह प्रेस क्लब प्रतियोगिताको च्याम्पियन बनेको हो ।

    आईतवार भएको फाईनल खेलमा देवदह प्रेस क्लबले बुद्ध सामुदायिक टेलीभिजनलाई ४-० को अन्तरले पराजित गरेको छ । देवदह प्रेस क्लबका जर्सी नं १० का किशोर पाठकले २ गोल , जर्सि नं ७ का पवन पौडेलले १ गोल र जर्सि नं ६ का लक्ष्मण न्यौपानेले १ गोल गरेका थिए। 

    जितसंगै देवदह प्रेस क्लबले नगद ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाउनु परेको बुद्ध सामुहिक टेलिभिजनले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।  बुद्ध टेलिभिजनका कप्तान रोहित चौधरी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता लुम्बिनी प्रेस क्लबका खेलाडी जयकेश हरिजन बने ।

    देवदह प्रेस क्लबको आयोजनामा भएको प्रथम देवदह मिडिया कप फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको थियो। BTV.jpg

    विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री  चन्द्रकेश गुप्ता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना लगायतले प्रदान गरेका थिए । देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    BUDDHA TV.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology