Logo बिहिवार, आश्विन १ गते २०८३
images

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ : उपाधिका लागि भारत र अस्ट्रेलियाबीच भिडन्त

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ : उपाधिका लागि भारत र अस्ट्रेलियाबीच भिडन्त

  • 1.4K
    SHARES

  • आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ : उपाधिका लागि भारत र अस्ट्रेलियाबीच भिडन्त

    बुटवल,मंसिर १ ।

    आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अस्ट्रेलियाबीच भिडन्त हुने भएको छ। 

    बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का गरेको हो। यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

    बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको सामान्य लक्ष्य भेट्टाउन अस्ट्रेलियालाई सजिलो भने भएन। अस्ट्रेलियाले यो लक्ष्य ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

    अस्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोड्दा अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए। मिचेल मार्स शून्यमा आउट भए भने तब्राइज शाम्सीबाट बोल्ड हुनुअघि ग्लेन म्याक्सलले १ रन मात्र जोड्न सके। मार्नस लबुसेन १८ रन र जोश इंग्लिस २८ रनमा आउट भए। पाट कमिङ्गसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए।

    त्यसअघि कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमै अलआउट भयो।

    दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके। उनी ४७ रन बनाएर आउट भए। गेराल्ड कोत्जीले १९ रन, एडिन माक्रमले १० रन, कागिसो राबाडाले १० रन बनाए। दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। 

    बलिङमा अस्ट्रेलियाका लागि मिचेल स्टार्क र पाट कमिन्सले ३-३ विकेट लिए। जोश हजलवुड र त्रविस हेडले २-२ विकेट हात पारे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology