Logo बिहिवार, आश्विन १ गते २०८३
images

 संजीवनी टोल विकास संस्थाको साधारणसभा तथा पाँचौ अधिवेशन

 संजीवनी टोल विकास संस्थाको साधारणसभा तथा पाँचौ अधिवेशन

  • 1.5K
    SHARES

  •  संजीवनी टोल विकास संस्थाको साधारणसभा तथा पाँचौ अधिवेशन

    बुटवल,असाेज ६ ।

    संजीवनी टोल विकास संस्था बुटवल ११ को १० औँ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।सो अवसरमा बोल्ने बक्ताहरुले बुटवल ११ को बिकासमा टोल समितिको सहभागिताको प्रशंसा गरे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सहकार्य मै अघि बढ्ने बताए । संस्थाका अध्यक्ष क्या देवबहादुर थापाले संस्थाको आफ्नै भवन बनाउने योजना रहेको बताए ।

    संस्थाका अध्यक्ष देवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि माया दर्नाल, सल्लाहकार नरेन्द्रकुमार शर्मा, मेलमिलाप तथा न्यायीक समितिका लक्ष्मण ज्ञवाली लगायतले बोलेका थिए ।

    सो अवसरमा अध्यक्ष,कोषाध्यक्ष र सचिवको प्रतिबेदन पारित गरिएको छ । बिस २०६९ भदौ मा स्थापित संस्थामा झण्डै ४०० घरधुरी घरधुरी समेटिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology