Logo बिहिवार, आश्विन १ गते २०८३
images

उजिरसिंह माविको हीरक जयन्ती,उजिरसिंहको अर्धकदको शालिक अनावरण

उजिरसिंह माविको हीरक जयन्ती,उजिरसिंहको अर्धकदको शालिक अनावरण

  • 1.9K
    SHARES

  • उजिरसिंह माविको हीरक जयन्ती,उजिरसिंहको अर्धकदको शालिक अनावरण

    बुटवल,असाेज ४ ।

    बुटवलको पुरानो शैक्षिक संस्था उजिरसिंह माविको हीरक जयन्तीको शुभारम्भ तथा उजिरसिंहको अर्धकदको शालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

    बुधबार एक समारोहका बीच पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथि यामप्रसाद ढकालले शालिक अनावरण गर्दै राष्ट्र जोगाउन कर्णेल उजिरसिंह थापाको योगदानको चर्चा गरे ।

    विगत ६० वर्षअघि स्थापना भएको विद्यालयको ब्यवस्थापन समितिबाट नेपालको स्वाभिमान जोगाउने योद्दा कर्णेल उजिरसिंहको नाम राखेर योगदानको उच्च कदर गरेको उनले बताए । नेपालको हरेक युद्धमा नागरिक र सेनाको सामूहिक तालमेल भएको पाईने भन्दै उनले यो नै महत्वपूर्ण सहकार्यको उदाहरण भएको बताए ।

    कार्यक्रममा उजिरसिह माविका अध्यक्ष विमल बहादुर शाक्यले नेपालको रक्षा गर्न नेपाली सेनाको योगदानलाई भुल्न नसकिने भन्दै प्रत्येक नेपालीको गर्वको विषय भएको बताए । नेपाली र नेपालको रक्षार्थ नेपाली सेना कहिल्यै सम्झौता नगरेको भन्दै नालापानी, जितगढी किल्लामा भएको युद्धको स्मरण गरे ।

    विद्यालयको शैक्षिक गुणस्तर बढाउँदै पहिचान दिन अघि बढेको उनले बताए ।  महोत्सवको अवसरमा उजिर संदेश–२ स्मारिका प्रकाशनको तयारी भैरहेको भन्दै पुसमा सप्ताहब्यापी कार्यक्रम गरिने उनले बताए ।

    कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले बुटवलबासी हुनुमा गौरवगाथाका रुपमा जितगढी किल्ला सहित धेरै धार्मिक, पर्यटकीय क्षेत्रहरु रहेको भन्दै यसको संरक्षण गर्दै प्रचारप्रसारमा जोड दिन जरुरी रहेको बताए । कार्यक्रममा विद्यालय प्रधानाध्यापक पदमराज ज्ञवालीले नेपालको सामरिक महत्वसंग जोडिएको कर्णेल उजिरसिंह जस्ता महान ब्यक्तिको नामबाट स्थापित विद्यालयको गरिमा बढाउने गरी कार्यहरु भएको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology