Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा रक्तदाता समाज गठन, बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती

तिलोत्तमामा रक्तदाता समाज गठन, बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती

  • 2.6K
    SHARES

  • तिलोत्तमामा रक्तदाता समाज गठन, बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती

    बुटवल, मंसिर २८-

    रूपन्देहीको तिलोत्तमामा रक्तदाता समाज गठन भएको छ । संस्था आधिकारिक रुपमा दर्ता समेत गरिएको हो । 

    गोबिन्द बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन भएको छ ।  रगतको अभावले कसैले अकालमै ज्यान गुमाउन नपरोस भनेर समाज गठन गरिएको अध्यक्ष गोबिन्द बन्जाडेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा अर्जुन सिंह चौधरी, सरोज कन्डेल, महासचिवमा अरुण पन्थी, सचिवमा सुशील गौतम, कोशाध्यक्षमा गोपाल भट्टराई, सह सचिवमा शिशिर पाण्डे, सह कोशाध्यक्षमा उत्तम पोख्रेल र सदस्यहरूमा कृष्ण खनाल, हुमनाथ पाण्डे, दिपेन्द्र भट्टराई, साहित्य काराखेती, रबिन्द्रनाथ पाण्डे, बिक्रम खरेल लगायत छन् ।

    अब प्रत्येक महिना अनिवार्य रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने र जस अनुरुप पहिलो रक्तदान कार्यक्रम र सस्थाको परिचय कार्यक्रम तिलोत्तमा नगरपालिका सङ्ग सहकार्य गर्दै यहि पुसको पहिलो हप्ता भित्र सम्पन्न गर्ने गरि निर्णय भएको महासचिव अरुण पन्थी बताए । 

    नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंक सङ्ग सहकार्य गर्दै तिलोत्तमाको प्रत्येक वडाहरुमा क्रमश रक्तदान कार्यक्रम निरन्तर गर्दै जाने साथै  जनचेतना मुलक कार्यक्रमहरु चलाइने सस्थाका उपाध्यक्ष सरोज कंडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology