Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु,चार घाइते

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु,चार घाइते

  • 1.3K
    SHARES

  • ‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु,चार घाइते

    सिन्धुपाल्चोक,भदौ १७ ।  

    दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

    सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology