बुटवल,मंसिर २६-
सिद्धि बिनायक अटो इन्टरनेशनल प्रा लीले पहिलो बार्षिकउत्सवको अवसर पारेर भैरहवामा रक्तदान कार्यक्रम गरेको छ ।समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेको प्रालीले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक सुरज क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
साे संस्थाले सामाजिक क्षेत्रमा समेत काम गरेर योगदान पुर्याउदै आएको उनले बताए ।
रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता समाजसेवी भरत पोखरेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पोखरेलले केक काटेर कार्यक्रमको शुभारम्भ गरे ।
आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने कम्पनीका अध्यक्ष सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । २०७६ सालमा भैरहवाको अंचलपुरमा संचालनमा आएको प्रा लीले होन्डा ब्रान्डका मोटरसाइकल बिक्री बितरण गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)