Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेसीज सप्ताह : बुटवल महिला जेसीजद्वारा स्वास्थ्य शिविरदेखि सचेतना अभियानसम्म

जेसीज सप्ताह : बुटवल महिला जेसीजद्वारा स्वास्थ्य शिविरदेखि सचेतना अभियानसम्म

  • 4.8K
    SHARES

  • जेसीज सप्ताह : बुटवल महिला जेसीजद्वारा स्वास्थ्य शिविरदेखि सचेतना अभियानसम्म

    बुटवल,साउन ३२  ।

    बुटवल महिला जेसीजले मानव सेवा आश्रम बुटवलमा स्वास्थ्य शिविर गरेको छ । महिला जेसीजले सञ्चालन गरेको जेसीज सप्ताह अन्तरगत बुधबार बुटवल सुख्खा नगरमा रहेको मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर गरिएको शिबिरकी संयोजक लक्ष्मी पौडेलले जानकारी गराउनुभयो ।

    जेसीज सप्ताहको चौथो दिन मावन सेवा आश्रममा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा दाँत, मुख तथा गिजा सम्बन्धि स्वास्थ्य परिक्षण गर्नुको साथै परामर्श सेवा संगै निःशुल्क औषधि प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।

    कार्यक्रममा बोल्दै मानव सेवा आश्रम बुटवलका वरिष्ठ सल्लाहकार लोकनाथ भुसालले मानव सेवा आश्रमले मानवता प्रवद्र्धनको काम गर्दै आएको र त्यसमा महिला जेसीजको तर्फबाट पनि निःशुल्क स्वास्थ्य शिबिर गरेर मानवता प्रवद्र्धनमा एउटा ईटा थप्न काम गरेको भनाई राख्नुभयो ।

    उहाँका अनुसार हाल आश्रममा २ सय जनाले सेवा लिईरहेको र दैनिक ५० हजार रुपैंया खर्च रहेको जानकारी गराउँदै सहयोगी हातहरुका कारण सहज भएको बताउनु भयो । ओम शान्ति डेन्टल हेल्थ केयर प्रा.लि.का सञ्चालक डा. सन्दीप पौडेल र डेन्टल असिस्टेन्ट निशा दर्लामीको टोलीले मुख स्वास्थ्य परीक्षण गर्नुको साथै परामर्श प्रदान गरेको थियो ।btl lady.jpg

    बुटवल महिला जेसीजकी अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एव सल्लाहकार राधिका पोखरेल, कार्यकारिणी उपाध्यक्ष बसन्ता घिमिरे, महासचिव रुपा श्रेष्ठ पाठक, सहकोषाध्यक्ष कविता श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

    साताव्यापी रुपमा सञ्चालन गरिएको जेसीज सप्ताह विभिन्न कार्यक्रम सहित भदौ २ गते पुरस्कार वितरण सहित समापन गरिने छ ।lady jci.jpgaaaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology