Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीद्वारा रक्तदान,पैदल यात्रा र फोटोग्राफी तालिम दिने

लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीद्वारा रक्तदान,पैदल यात्रा र फोटोग्राफी तालिम दिने

  • 4.0K
    SHARES

  • लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीद्वारा रक्तदान,पैदल यात्रा र फोटोग्राफी तालिम दिने

    बुटवल,साउन ३२।

    लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    विश्व फोटोग्राफी दिवसको अवसरपारेर पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान,२ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा र ३ गते बुटवलमै महिला फोटोग्राफरहरुका निम्ति आधारभूत फोटोग्राफी सम्बन्धि तालिमको आयोजना गरि दिवसलाई सम्पन्न गरिने संघका रुपन्देही अध्यक्ष मनीष पन्थले बताए ।

    तिनाउको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि तिनाउ गाउँपालिकासँग सहकार्य र लुम्बिनी केवलकार प्रालिको सहयोग रहने अध्यक्ष पन्थले सुनाए ।

    विगतका वर्षदेखि  संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेसाप्रति व्यवसायिकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको पन्थले जानकारी गराए ।

    पछिल्लो पटक रुपन्देही फोटोग्राफर संघमा आवद्ध फोटोग्राफरहरुलाई,संस्थागत विकास तालिम, विषयगत एवम् क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका महासचिव माधव पन्थले नागरिक अनलाइनलाइ बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology