बुटवल,साउन २९ ।
बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २– ०३–१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो ।
प्रहरीले गाडी भित्र खाना पकाउने क्रममा लागो आगो लागेको हुन सक्ने बताएको छ । चालक र सहचालकले गाडी रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।
स्थानीय र पैदलयात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो । गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)