Logo बिहिवार, आश्विन १ गते २०८३
images

एक्सपोर्टद्वारा बुटवलमा रक्तदान,३५ युनिट रगत संकलन

एक्सपोर्टद्वारा बुटवलमा रक्तदान,३५ युनिट रगत संकलन

  • 3.0K
    SHARES

  • एक्सपोर्टद्वारा बुटवलमा रक्तदान,३५ युनिट रगत संकलन

    बुटवल,साउन २३ ।

    २० औँ वार्षिकोत्सवको अवसरमा एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले रक्तदान कार्यक्रम गरेको छ । विदेश अध्ययनमा जाने युवाहरुलाई परामर्शको सेवा दिंदै आएको एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल राजमार्ग चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो ।

    नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

    कार्यक्रमको एक समारोहका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरे । समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न ब्यावसायिक संघसस्थाहरुसंग सहकार्य महत्वपूर्ण हुने बताए ।

    सबैजसो कर्पोरेट हाउसहरु कर्पोरेट सोसिल रेस्पोसबिलिटि अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए । रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उनले बताए । अब रक्त अभियानमा नया प्रविधि ल्याउन जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा कंडेलले एक्सपर्टबाट आफ्ना सबै शाखाहरुमा रक्तदान कार्यक्रम गरिएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको छ । एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने नभई राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology