बुटवल,साउन ६ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाले निशुल्क स्वास्थ्य शिबिर गरेको छ ।
बुटवल १२ नयाँगाउँमा रहेको सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र (क्लव सचिवालय परिषरमा ) निशुल्क मधुमेह शिबिर गरेर बिरामीलाइ औषधि बितरण गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ पि का डिस्ट्रीक गर्भनर अर्जुनमान सैँजूले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो ।
उहाले लायन्समा नयाँ सदस्याता थपेर चलायमान बनाउनुपर्ने बताउनुभयो । सो अबसरमा गर्भनरमा निर्बाचित सैजू, फस्ट भिडिजी एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भिडिजीपिएमजेएफ बालाराम भट्टराइ,सहितका पदाधिकारीलाइ दोसल्ला,मायाको चिनोले सम्मान गरिएको थियो ।सो अबसरमा बोल्दै क्लवका बर्ष २०२३–२४ का अध्यक्ष नारायण तिवारीले सुगरका बिरामीले निशुल्क लाभ लिएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ पि का,नयाँगाउँ माबिका अध्यक्ष पुरुषोत्तम बस्याल, टंक गैरे क्लवका सचिव डोलराज बस्याल लगायतले बोेल्नुभएको थियोे ।क्लवले नयाँगाउँस्थित ५ कठ्ठा जग्गामा सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र संचालन गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)