बुटवल,असार ३१ ।
सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आईतबार बुटवलमा भएको रक्तदान कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ नेपालका भिम तुलाचनले ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
सो अवसरमा उनले सहकारी मार्फत देशमा आर्थिक क्रान्ति ल्याउन सफल भएको बताए । उनले सहकारी संस्था समाजकै अंग भएकाले पनि सामाजिक हितमा समेत अगाडी रहेको बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा संस्थाका अध्यक्ष कृष्ण चौहानले सहकारी नाम अनुसार नै सशक्त रहेको बताउंदै सहकारी भावनासंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत सहकारीले योगदान दिएको बताए ।
हाटबजारमा दैनिक ब्यवसाय गर्दै आएका ब्यवसायीहरुबाट स्थापना भएको संस्थाबाट थोरैथोरै रकम बचत गर्दै सहकारीका रुपमा विकास गरेको संस्थाका सचिव ईश्वरी प्रसाद पोखरेलले बताए ।
कार्यक्रमका संयोजक कृष्णप्रसाद पौडेलले ५३ युनिट रगत संकलन भएको बताए । रक्तदाताहरुलाई राष्ट्रिय सहकारी महासंघ नेपालका भिम तुलाचन, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा संस्थाका अध्यक्ष कृष्ण चौहान, संस्थाका सचिव ईश्वरी प्रसाद पोखरेल, कार्यक्रमका संयोजक कृष्णप्रसाद पौडेलले प्रमाणपत्र वितरण गरे ।
सहकारीमा १ हजार १ सय शेयर सदस्य छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)