बुटवल मंसिर २३ -
नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको मंगलबार भएको आकस्मिक रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ।
नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा मंगलबार केन्द्रको परिसरमा भएको कार्यक्रमको संघका केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले रक्तदाता सभ्यता नेपाललाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।
गुणयुक्त, असरयुक्त, जनसुरक्षित अौषधीको आपुर्तिस् हाम्रो प्रतिवद्घता भन्ने मुल नारासिहत स्थापना भएको संघले सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गर्दै आएको छ ।
शुरुवाती समयमा रुपन्देहीमा रक्तदानको महत्व बढाउन औषधी ब्यवसायी संघबाट योगदान दिएको स्मरण गर्दै रगतको माग पछिल्लोसमय बढ्दो रुपमा रहको बताए। संस्थागत रुपमा वर्षमा २ पटक नियमीत रुपमा गर्दै आएको उनले बताए ।
कार्यक्रम संयोजक गणेश सेढाई ४२ युनिट रगत संकलन भएको बताए ।अध्यक्ष सुरज भट्टराईले रगत अभावलाई मध्यनजर गरि आकष्मिक रक्तदान गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी शाखा अध्यक्ष शिव ज्ञवाली, पुर्वअध्यक्ष सल्लाहकार डा.रोहित राज क्षेत्री, संघका सचिव नारायण थापा, नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रका प्राविधिक राधा शर्माले रक्तदानमा युवाहरुलाई अगाडि ल्याउनुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)