बुटवल, मंसिर २०-
लायन्स क्लव अफ बुटवल को आयोजनामा रुपन्देही दृष्टिविहिन आश्रममा जिन्सी सहयोग गरेको छ । बुटवल १३ जवईमा रहेको आश्रममा कार्यक्रममा गरी क्लवका अध्यक्ष सञ्जय कलवार जयसवाल, बुटवल वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले आश्रमका अध्यक्ष पदम नेपालीलाई जिन्सी प्रदान गरेका हुन ।
क्लवले , १० थान सिरक, १० थान डसना, २० थान सिरानी, १० थान फोल्डीङ्ग बेड, १० थान तन्ना प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले अपांगता, दृष्टिविहिनता भएका व्याक्तिहरुलाई क्वले गरेको सहयोगमो उच्च स्रहना गरे ।
क्लवका अध्यक्ष जयसवालले सामाजिक सेवा भावले आफुहरुले सहयोग गरेको भन्दै आगामी दिनमा पनि समाजिक क्षेत्रमा सहयोग गर्दै जाने प्रतिवद्धता समेत जनाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)