बुटवल,मंसिर १८-
लियो क्लव अफ बुटवल सिटीले बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सहयोग गरेको छ ।
लियो सप्ताहको अवसरमा क्लवले बिहिबार आश्रममा पुगेर सेनिटरी प्याड,त्रिपाल तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।लियो क्लव अफ बुटवल सिटीका अध्यक्ष राजन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका एरिया फोर रिजन १४ चिफ राजिबजंग कुवरले क्लवको सक्रियताले समाज रुपान्तरण गर्न सकिने बताए ।
उनले क्लवल गरिरहेको समाजसेवा प्रशंसनिय भएको समेत बताएका थिए ।सो कार्यक्रममा लियो क्लवका आशिष जंग कुवर ,रेशम बस्याल,बिजय गौतम,बिशाल पन्थ,अनुप क्षेत्री लगायतले संयोजनको भूमिका निर्बाह गरेका थिए ।
२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गरिन् ।
अविनास अनाथ आश्रममा पनि सहयाेग :
त्यस्तै क्लवले आजै तिलाेत्तमा-१५ मा रहेकाे नेपाल अविनास अनाथ आश्रममा पुगेर सेनिटरी प्याड,गाउन प्रतियाेगिता तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।साे कार्यक्रममा प्रमुख अतिथि लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका आइपिडीपी सराेज कडेंल रहनुभएकाे थियाे ।
सो कार्यक्रममा लियो क्लवका रेशम बस्याल,अनुप क्षेत्री बिजय गौतम र शुशील आचार्य लगायतले संयोजनको भूमिका निर्बाह गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)