Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा दृष्टिबिहीन तथा अनाथ आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण

शान्ति समाज रुपन्देहीद्वारा दृष्टिबिहीन तथा अनाथ आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण

  • 3.8K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा दृष्टिबिहीन तथा अनाथ आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण

    बुटवल,मंसिर १८-

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा बुटवल १५ मा रहेको आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ ।

    बिहिबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरिएको हो । जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका ब्याक्तिहरुलाइ माया,सम्मान र अवसरको खाँचो रहेको भन्दै आश्रम ब्यबस्थापनबाट नेपालका ३ वटै सरकार पन्छिएको आरोप लगाउनुभयो ।

    उहाले आश्रमहरुलाइ ब्यबस्थित बनाउने राज्यको दायित्व भएको भन्दै सरकार उदासिन भएको बताउनुभयो । सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवा नै प्रमुख धर्म भएको बताउनुभयो ।

    कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै  दैनिक उपभोग्य सामाग्री दाल,तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले बताउनुभयो ।

    २९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृश्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गर्नुभयो ।

    कार्यक्रमको संचालन मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सहसचिब कपिल ज्ञवालीले गर्नुभएको थियो । santi samaj help.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology