Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा झुम्सापुल नजिकै बस र स्कुटी ठोक्किदा एक जनाको मृत्यु

पाल्पा झुम्सापुल नजिकै बस र स्कुटी ठोक्किदा एक जनाको मृत्यु

  • 1.3K
    SHARES

  • पाल्पा झुम्सापुल नजिकै बस र स्कुटी ठोक्किदा एक जनाको मृत्यु

    बुटवल,बैसाख ८ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ –३, झुम्सापुल नजिकै बस र स्कुटी एकापसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी बगनासकाली –४, यम्घाका ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तानसेनबाट बुटवलतर्फ जाँदैगरेको लु ७७ प १९६ नम्बरको स्कुटी र बुटवलबाट पाल्पातर्फ आइरहेको लु १ ख ४८४७ नम्बरको बस र स्कुटी शुक्रबार दिउँसो साढे १ बजेतिर  ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको थापाले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology