बुटवल,बैसाख २ ।
संजीवनी टोल विकास संस्था बुटवल ११ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले हरेक नयाँ बर्षको पहिलो शनिबार रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
नवौँ पटकको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । जसमा ६ महिला र ३५ जना पुरूषले रगतदान गरेका हुन् ।संस्थाका अध्यक्ष क्या देवबहादुर थापाले संस्था नियमित सामाजिक काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले नगरको विकासमा टोलबिकासको भूमिका अहम हुने बताइन् ।
कार्यक्रममा कावा अध्यक्ष जनप्रतिनिधि माया दर्नाल,नेपाल स्वयंसेवि रक्तदाता समाज कृष्ण चौहान,नवीन टोलका अध्यक्ष बिष्णु थापा,मेलमिलाप सरोकार केन्द्र बुटवल ११ का लक्ष्मण ज्ञवाली, सल्लाहकार नरेन्द्रकुमार शर्मा,सचिव देविका मास्के,कार्यक्रम संयोजक हरि गहतराज लगायतले बोलेका थिए ।
संजीवनी टोल विकास संस्था बिस २०६९ भदौ ४ गते स्थापना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)