बुटवल,चैत १५ ।
हाटबजार ब्यबसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा नि:शुल्क स्वास्थ्य शिबिर शुरु भएको छ । बुटवलको हाटबजारमा आज शिबिर भएको हो भने भोली दीपनगर हाटबजार तथा पर्सी देवीनगरमा रहेको हाटबजारमा नि:शुल्क स्वास्थ्य शिबिर हुनेछ ।
पहिलो दिनको शिबिरमा करिब २५० जनाले चेकजाँच औधषि तथा परामर्श लिएका छन् । सहभागि मध्ये अधिकांश सुगर-प्रेसर र थाइराइडबाट समस्यामा परेको पाइएको अध्यक्ष टेकबहादुर जिसीले बताए ।
सो अबसरमा प्रमुख अतिथि नेपाल फार्मेसी संघका लुम्बिनी अध्यक्ष गोबिन्द तिवारी,हाटबजार ब्यबसायी संघ उपाध्यक्ष शोभा पोखरेल,महासचिव हुमाराज पोखरेल,सहसचिव निर्मल उपाध्याय लगायतले बोल्दै ब्यवसायीका लागि आयोजित कार्यक्रमले राहत मिलेको धारणा राखे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)